चितवन, असोज १० । नेपाली काङ्ग्रेस कालिकाको सभापतिमा दिपेश्वर के.सी. बिजयी भएका छन्। उनले ११२ मत प्राप्त गरि बिजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी लिलाबहादुर गुरुङले १०२ मत प्राप्त गरेका थिए।
शनिवार भएको निर्वाचन अन्तर्गत उप सभापतिमा जियन महतोले १२० मत र चेतबहादुर गुरुङले ९८ मत सहित बिजयी भएका छन्। उनका प्रतिद्वन्दीहरु जितेन्द्र वाग्लेले ६३ मत, राजकुमार सिहले १६ मत र शंकर लामाले ८५ मत प्राप्त गरेका थिए।
सचिवमा १३१ मत सहित फडिन्द्रप्रसाद लामिछाने र राजन रेग्मीले १०४ मत प्राप्त गरि बिजयी भएका छन्। प्रतिद्वन्द्वीहरु ऋषिराम फुयाल (अर्जुन) ले ८३ मत, साजन मगरले ७१ मत प्राप्त गरेका थिए।
त्यसैगरि सह सचिबमा योजना न्योपाने अधिकारीले ११२ मत र बिश्वास अर्यालले ११६ मत प्राप्त गरि बिजयी भएका छन्। प्रतिद्वन्द्वीहरु दिवस मगरले ९० मत र रबिन्द्र तमाङ्ले ६१ मत प्राप्त गरेका थिए। ५५ जना नगर सदस्यहरु भने यस अगाडि नै सर्बसम्मत भैसकेका छन्।
कालिकामा ११ वडाका २ सय २१ जना प्रतिनिधीले मतदान गरेको मतदान अधिकृत तेजप्रसाद पौडेलले जानकारी दिए। सो मतदान प्रक्रिया पदमपुरको भिमोदय माबीमा सम्पन्न भएको हो।


























