चितवन, असोज १० । नेपाली काङ्ग्रेस राप्ती नगर सभापतिमा देबेन्द्र लामा विजयी भएका छन्।
शनिवार भएको निर्वाचनमा आफ्नो प्रतिद्वन्द्वी नारायण उप्रेतीलाई ४० मतको मतान्तरले पराजित गर्दै लामा विजयी भएका हुन्। लामाले १२७ मत प्राप्त गर्दा उप्रेतीले ८७ मत मात्रै प्राप्त गरेका थिए। निर्वाचनमा लामाको पुरै प्यानल नै विजयी भएका छन्।
Facebook Comments


























