चितवन, असोज १० । नेपाली कांग्रेसको खैरहनी नगरसभापतिमा गुणराज श्रेष्ठ विजयी भएका छन्। आइतबार बिहान आएको मतपरिणाम अनुसार आफ्नो प्रतिस्पर्धी शशि खनियालाई पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन्।
अहिलेका सभापति समेत रहेका खनियालाई तिन मतले पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन्। श्रेष्ठले १ सय ४५ मत ल्याएर विजयी हुदैं गर्दा खनियाले १४२ मत ल्याएका थिए।
त्यस्तै उपसभापतिमा प्रेमप्रसाद रेग्मी १४२ मत र बिक्रम पन्जियार १३५ मत, सचिवमा अनुप अधिकारी १५५ मत र टिकादत्त इटनी १५३ मत, सहसचिवमा राजेन्द्र रिजाल १३९ र अमृता उप्रेती १३६ मत ल्याएर विजयी भएका छन्।
Facebook Comments


























