काठमाडौं, असोज ९ । स्रोत नखुलेको रु ९५ लाखसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। नागढुङ्गास्थित महानगरीय प्रहरी प्रभागबाट खटिएको टोलीले सवारीसाधन जाँच गर्ने क्रममा गएराति उक्त रकमसहित भारतको महाराष्ट्र घर भएका २६ वर्षीय सागर माली र सोही ठाउँका १९ वर्षीय कृष्ण अढाडेलाई पक्राउ गरेको हो।
सागरका साथबाट रु ४५ लाख र कृष्णका साथबाट रु ५० लाख बरामद गरिएको काठमाडौँ महानगरीय प्रहरी परिसरले आज जारी गरेको विज्ञाप्तिमा जनाइएको छ। चितवनबाट काठमाडौँ आउदै गरेको ग १ ख ६६४५ नम्बरका माइक्रोमा सवार उनीहरुले झोलामा उक्त रकम लुकाइछिपाइ ल्याएका थिए। उनीहरुले पैसाको स्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस
Facebook Comments


























