चितवन, असोज ८ । गायक नरेश जोगी र गायिका अन्नु चौधरीको थारु गीत ‘ओ सजन’ को भिडियो सार्वजनिक भएको छ। पिके फिल्मस् युट्युव च्यानलबाट सार्वजनिक गरिएको गीतमा गायक स्वयम नरेशको शब्द तथा संगीत रहेको छ। यस गीतलाई गनेश चौधरीले एरेञ्ज गरेका छन्।
भिडियोमा अभिनेता पल शाह र मोडल कविता राय फिचर्ड छन्। भिडियोमा कृष्ण जोशीको पनि अभिनय छ। विक्रम चौहानको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा पल र कवितालाई थारु समुदायको बिहेको भेषमा पनि देख्न सकिन्छ। यो भिडियोको छायांकन अभिनेता पलकै गृह जिल्ला दाङमा भएको थियो।
भिडियोमा अर्जुन तिवारीको टिमको छायांकन र मिलन विश्वकर्माको सम्पादन तथा कलर छ।
Facebook Comments


























