चितवन, असोज ८ । निर्माण व्यवसायी संघ चितवनले आज भरतपुरमा दुई छुट्टाछुट्टै कार्याक्रम सम्पन्न गरेको छ।
जखडिमाई आधारभुत विद्यालय भरतपुर-११ मा अध्ययनरत अति विपन्न विद्याथीहरुलाई स्कुल झोला हस्तान्तरण गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ पोख्रेलको अध्यक्षतामा तथा नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा विध्यालयका निजिश्रोतमा रहेका एक जना शिक्षकको एक वर्षको तलव रकम आफुले व्यहोर्ने घोषणा निकोलस पाण्डेले गरेका थिए।
कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहाल, भरतपुर-११ का वडाअध्यक्ष वावुराम अधिकारी, निर्माण व्यवसायी संघ चितवनका अध्यक्ष उमानन्द कँडेल विशिष्ठ अतिथि रहेका थिए भने अतिथिका रुपमा निर्माण व्यवसायी संघ चितवनका पुर्वअध्यक्षहरु राजेन्द्रमणि काफ्ले, रामराज पौडेल, श्रीप्रकाश कँडेल, नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्यहरु होमकुमार शर्मा, हरिप्रसाद घिमिरे लगायतको उपस्थिति रहेको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ पोख्रेलले धन्यवाद सहित कार्यक्रम समापन गरेका थिए।
यस्तै आजै निर्माण व्यवसायीहरुका असोज ८ र ९ गते २ दिने ई-जिपि तालिम समेतको सुभारम्भ नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेको प्रमुख आतिथ्यतामा र निर्माण व्यवसायी संघ चितवनका अध्यक्ष उमानन्द कँडेलको अध्यक्षतामा भरतपुरमा सुभारम्भ गरिएको छ। तालिममा करिव ४० जनाको सहभागीता रहेको छ।



























