असोज ६ । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ।
मंगलबार छापावाल सुन प्रतितोला ८९ हजार २०० रुपैयाँमा कारोबार भएकोमा आज ९०० रूपैयाँ बढेर ९० हजार १०० रूपैयाँमा कारोबार भइरहेको छ।सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला ८९ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै आज चाँदी प्रतितोला २५ रूपैयाँले बढेको छ। आज चाँदी १ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
Facebook Comments


























