असोज ४ । पश्चिम नेपालको दार्चुला केन्द्रविन्दु भएको भूकम्प गएको छ। दार्चुलाको खार्रालाई केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो।
केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार अपराह्न चार बजेर ३० मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो। भूकम्पको धक्का बैतडी, डडेल्धुरा, डोटी लगायत आसपासका जिल्लामा पनि महसुस गरिएको स्थानीय प्रशासनले जनाएको छ।
Facebook Comments


























