नारायणगढ, असोज ४ । कम्प्युटर एसोसिएसन नेपाल जिल्ला शाखा चितवनले सोमबार संस्थाको साधारण सम्पन्न गरेको छ।
नारायणगढमा भएको १६औं साधारण सभामा संस्थाका सचिव टेकलाल भुसालले प्रगति प्रतिवेदन र कोषाध्यक्ष रूपक नेपालले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका डिन प्रा.डा. होमबहादुर बस्नेत प्रमुख अतिथि रहेको कार्यक्रममा कम्प्युटर एसोसिएसन नेपालका केन्द्रीय सदस्य भानु शर्मा, वागमती प्रदेशका उपाध्यक्ष विष्णुप्रसाद लामिछाने, उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष इ–भोजराज कौडाललगायतको उपस्थिति थियो।
कार्यसमिति सदस्य कृष्ण पाख्रेलले Business digitization सम्बन्धित आफ्नो presentation प्रस्तुत गरेका थिए। केन्द्रिय प्रतिनिधि भानु शर्माले संस्थाको हकहित र नयाँ सदस्य वृद्धिका लागि सबै मिलेर यसको विकासमा जुट्न अनुरोध गरे।
सूचना प्रविधिसँग सम्बन्धित करिब दुई सय जना सदस्य रहेको संस्थाको साधारण सभा संस्थाका अध्यक्ष सन्तोषजनक भुसालको अध्यक्षतामा सम्पन्न भएको हो।


























