काठमाडौं, असोज ३ । सवारी चालक अनुमति पत्र (लाइसेन्स) ट्रायलको नयाँ आवेदन दशैँपछि खुल्ने भएको छ।
कोभिड–१९ कारण बन्द रहेको नयाँ आवेदन दशैँपछि मात्र खुलाउने तयारी गरेको यातायात व्यवस्था विभागका प्रवक्ता डा.लोकनाथ भूसालले जानकारी दिए।
‘तत्काल नयाँ आवेदन खुलाउँदा परीक्षार्थीले झण्डै १० महिना कुर्नुपर्ने हुन्छ’ भूसालले भने, ‘लाइनमा कुराउनुभन्दा बरु आवेदन पछि खुलाउने गरी तयारी गरेका हौँ।’
उनकाअनुसार यसअघि ट्रायलको प्रतिक्षामा रहेकाहरूले गत भदौ २० गतेबाट परीक्षा दिइरहेका छन्। परीक्षार्थीको संख्या घट्दै जाने र नयाँ आवेदन दिनेहरूले छिट्टै पालो पाउने हुँदा दशैँपछि मात्र आवेदन खुलाइने उनको भनाइ छ।
Facebook Comments


























