असोज २ । टेलिभिजन रियालिटी सो कमेडी च्याम्पियन सिजन दुईको ग्रान्ड फिनाली आज बेलुका हुँदैछ। आज राती ११ बजेसम्म सोले नयाँ विजेता पाउनेछ।
ताप्लेजुङका भरतमणी पौडेल, सिक्किमका विक्की अग्रवाल र गोरखाका सन्तोष थापाबीच उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ। निर्देशक विशाल भण्डारीका अनुसार विजेता घोषणाको लाइभ प्रसारण बेलुकी साढे १० बजेदेखि सुरु हुनेछ। साढे ११ बजेसम्म दर्शकले कमेडी च्याम्पियन सिजन दुईको विजेता पाउनेछन्।
विभिन्न नेता तथा कलाकारको क्यारिकेचर गरेर ताप्लेजुङका पौडेल चर्चामा छन्। सिक्किमका अग्रवाल भने कमेडीमा नयाँ प्रयोगहरु गरिरहेका छन् । उनी क्यारिकेचर गर्दैनन्।
दर्शकले गोरखाका थापालाई पौडेल र अग्रवालको संयोजनको रुपमा लिने गर्छन्। ग्रान्ड फिनाली चाहिँ कान्तिपुर टेलिभिजन र ओएसआर डिजिटलमा हेर्न पाइने भएको छ।
Facebook Comments


























