काठमाडौं, असोज १ । चीनबाट खरिद गरिएको ४४ लाख कोभिड–१९ विरूद्धको भेरोसेल खोप आज काठमाडौँ आइपुगेको छ। खोप लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज बिहीबार बेइजिङ प्रस्थान गरेको थियो।
सरकारले चीनबाट ल्याएको खोप ४ असोजबाट लगाउने भएको छ। स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठका अनुसार १८ वर्षमाथि उमेर समूहका नागरिकलाई खोप लगाइने छ।
Facebook Comments


























