असोज १ । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यमा भारी गिरावट आएको छ।
प्रति तोलामा एक हजार ४०० रुपैयाँले घटी ८९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
तेजाबी सुनको मूल्य ८८ हजार ६५० रूपैयाँ कायम भएको महासंघले जनाएको छ। सुनको मूल्यसँगै चाँदीको मूल्य पनि घटेको छ। प्रति तोलामा ३० रुपैयाँले घटी एक हजार १७० रुपैयाँमा कारोबार भइरहेको छ।
Facebook Comments


























