भदौ ३१ । शेयर बजारमा कारोबार हुने साताको अन्तिम दिन बिहीबार बजार खुलेदेखि बजार लगातार घटिरहेको छ। बजार मापक परिसूचक नेप्से दिउँसो साढे एक बजेसम्म ८८ अंकले घटिसकेको छ।
यो समाचार तया पार्दा १ बजेर ३० मिनेटमा नेप्से ८८.१४ ले घटेर बजार २८००.९० को बिन्दुमा झरेको छ। बजार अझै घटिरहेको छ। बिहीबार यो समाचार तयार पार्दासम्म १३ वटै उपसमूहका परिसूचक घटेका छन्। बजार राताम्मे भएको छ।
अघिल्लो साता नेप्सेमा ५ प्रतिशतको गिरावट आएपछि सर्किट ब्रेकर लागेको थियो। त्यसपछि सम्हालिएको शेयर बजार गत मंगलबारदेखि घटिरहेको छ।
Facebook Comments


























