भदौ २८ । दक्षिण अफ्रीकाले घरेलु टिम श्रीलंकाविरुद्धको तीन खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज जितेको छ।
कोलम्बोमा आइतबार राति भएको दोस्रो खेलमा श्रीलंकालाई ९ विकेटले हराउँदै दक्षिण अफ्रीकाले एक खेल अगाबै सिरिज जितेको हो। श्रीलंकाले दिएको १ सय ४ रनको लक्ष्य दक्षिण अफ्रीकाले १४ ओभर १ बलमा मात्र एक विकेट गुमाएर पूरा गर्यो। दक्षिण अफ्रीकाका लागि क्विनटन डी ककले अविजित रहदै ५८ रनको अर्धशतकीय इनिङ्स खेले।
एडिन मार्क्रमले अविजित २१ रन जोड्दा रिजा हेन्ड्रिक्सले १८ रन बनाए। श्रीलंकाका वाविन्दु हसरंगाले १ विकेट लिए। यस अघि पहिले ब्याटिङ गरेको श्रीलंकाले १८ ओभर १ बलमा अलआउट हुँदै १ सय ३ रन बनाएको थियो। श्रीलंकाका कुशल परेराले सर्वाधिक ३० रन जोड्दा भानुका राजपाक्षेले २० रन
बनाए।
कप्तान दासुन शनकाले १० र चारिथ असलंकाले १४ रन बनाए। दक्षिण अफ्रीकाका एडिन मार्क्रम र ताब्रेज शाम्सीले ३/३ विकेट लिए।


























