भदौ २७ । नेपाली क्रिकेट टिमका उपकप्तान दिपेन्द्रसिंह ऐरी ओमानमा हुने क्रिकेट विश्व च्याम्पियनसिप लिग २ बाट बाहिरिएका छन्।
ओमानमा रहँदा अभ्यासका क्रममा घाइते भएका उनी बाहिरिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। क्यानका अनुसार उनलाई चिकित्सकहरुले दुई हप्ताको आराम गर्न सुझाव दिएका छन्।
ओमानमा नेपालले लिग २ अन्तर्गत ओमान र अमेरिकासँग २–२ खेल खेल्ने छ। यो महत्वपूर्ण खेलमा ऐरी टिममा नहरँदा नेपाली ब्याटिङ कमजोर बन्ने देखिएको छ। यसअघि ओमानमै पपुवा न्यूगिनीसँगको २ खेलको सिरिज पनि दिपेन्द्रले गुएमाएका थिए।
Facebook Comments


























