भदौ २७ । हप्ताको पहिलो दिन आज सुन चाँदीको भाउ घटेको छ।
सुनको भाउ आज ४ सय रुपैयाँ घटेर तोलाको ९० हजार ३ सय रुपैयाँ तोकिएको छ। अस्ति शुक्रवार सुनको भाउ तोलामा ९० हजार ७ सय रुपैयाँ तोकिएको थियो।
चाँदीको भाउ पनि आज अस्तिभन्दा तोलामा २० रुपैयाँ घटेर तोलाको ११ सय ९५ रुपैयाँ निर्धारण गरिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।
Facebook Comments


























