भदौ २७ । संखुवासभामा एकै परिवारका ६ जनाको हत्यामा संलग्न आरोपी लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ।
आज पत्रकार सम्मेलन गर्दै मादी नगरपालिका–१ उम्लिङमा तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको हत्या आरोपमा पक्राउ परेका लोकबहादुरलाई प्रहरीले सार्वजनिक गरेको हो।
उनी नातामा भतिज र छिमेकी समेत हुन्। गत सोमबार तेजबहादुरसहित, ८४ वर्षीया पार्वता कार्की, ५८ वर्षीया मनमाया कार्की, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमा कार्कीको हत्या भएको थियो।
हत्या अनुसन्धानमा प्रदेश प्रहरी, जिल्ला प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को टोली खटिएको थियो।
Facebook Comments


























