काठमाडौं, भदौ २७ । अमेरिकी सहायता परियोजना (एमसीसी) उपाध्यक्ष फातिमा सुमार नेपालको चार दिने भ्रमण सकेर आज फर्किँदै छिन्।
नेपालमा एमसीसी अनुमोदनका विषयमा राजनीतिक दलबीच नै मतभेद रहेका गएका बेला उनी गत बिहीबार काठमाडौं आएकी थिइन्।
चार दिने भ्रमणमा उनले प्रधानमन्त्री शेरबहादुर देउवादेखि प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीसँग भेट गरिन्। भेटमा एमसीसी परियोजनाबारे छलफल भए पनि नेपालले ठोस धारणा दिन सकेको छैन।
Facebook Comments


























