भदौ २४ । म्यासोडोनियामा एउटा अस्पतालमा आगलागी हुँदा कम्तीमा १० संक्रमितको मृत्यु भएको छ।
म्यासोडोनियाको उत्तरी क्षेत्रमा रहेको एउटा कोभिड अस्पतालमा आगोलागी हुँदा उपचाररत १० संक्रमितको जलेर मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोमा तेतोभो सहरको अस्पताल भवनमा आगो र धुवाँको कालो मुस्लो देखिन्छ। अग्नि नियन्त्रकहरुले आधा घन्टामा नै आगो नियन्त्रणमा लिएका थिए।
मृतकको संख्या अझै बढ्न सक्ने स्वास्थ्यमन्त्री भेनको फिलिप्सीले जानाकारी दिए। आगो लागेपछि बिरामीलाई अन्य अस्पतालमा लगिएको थियो। आगो लाग्दा अस्पतालमा कति बिरामी थिए भन्ने प्रष्ट पारिएको छैन।
कोरोनाभाईरसका गम्भीर विरामीलाई उपचार गर्न गत वर्ष सो अस्पताल निर्माण गरिएको थियो। २० लाख जनसंख्या भएको म्यासोडोनियामा अहिलेसम्म कोभिडका कारण ६ हजार भन्दा बढीको मृत्यु भइसकेको छ। एजेन्सी


























