जाकार्ता, भदौ २३ । इन्डोनेसियाको राजधानी जाकार्तानजिकै रहेको एउटा जेलमा भएको आगलागीमा परी कम्तीमा ४१ व्यक्तिको मृत्यु भएको छ। आगलागीमा परी अन्य ८० जना घाइते भएको जनाइएको छ।
घाइते सबैलाई अस्पताल लगिएको र ती मध्ये आठ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।
स्थानीय समय अनुसार बिहान २ बजेर २० मिनेटमा आगलागी भएको थियो र बिहान साढे ३ बजे आगो नियन्त्रणमा लिइएको थियो। बिजुली सर्ट भएर आगलागी भएको अनुमान गरिएको जाकार्ता प्रहरी प्रवक्ता युस्री युनुसले बताएका छन्।
Facebook Comments


























