भदौ २३ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ।
मंगलबार छापावाल सुन प्रतितोला ९१ हजार ४०० रुपैयाँमा कारोबार भएकोमा आज ७०० रूपैयाँ घटेर ९० हजार ७०० रूपैयाँमा कारोबार भइरहेको छ।सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।
चाँदी मूल्य पनि आज घटेको छ। चाँदी प्रतितोला १० रूपैयाँले घटेर १ हजार २२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
Facebook Comments


























