भदौ २३ । अभिनेत्री ऋचा शर्मालाई पुत्रलाभ भएको छ। गत वर्ष दीपेक्षविक्रम राणासँग विवाह गरेकी ऋचाले काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा बिहान ७ बजेर ५२ मिनेटमा छोरालाई जन्म दिएकी हुन्।
अस्पतालका अनुसार शल्यक्रियापछि बच्चा जन्मिएको हो। बच्चाको तौल तीन किलो एक सय ग्राम छ। सामाजिक सञ्जालमा ऋचाको श्रीमान दीपेक्षलेले छोरा काखमा लिएको फोटो राखिएको छ।
‘भिसा गर्ल’, ‘उमा’, ‘लुट’, ‘टलकजंग भर्सेस टुल्के’, ‘सुनकेशरी’लगायतका फिल्ममा अभिनय गरिसकेकी ऋचा पछिल्लो समय टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’मा निर्णायक सदस्य थिइन्। चिकित्सकको सल्लाह अनुसार नै गत साताको यो शोमा उनी उपस्थित भएकी थिइनन्।
Facebook Comments


























