चितवन भदौ २३ । चितवन साहित्य परिषद्ले वर्ष २०७७ मा प्रकाशित कृतिमध्ये कवि नेत्र एटमको कवितासंग्रह ‘प्रिय मौनता’लाई ‘चिसाप राजकृष्ण–मायादेवी साहित्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ।
मंगलबार परिषदका अध्यक्ष सुरेन्द्र अस्तफलको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो। २०७४ सालमा स्थापना भएपछि हरेक वर्ष प्रदान गरिँदै आएको उक्त पुरस्कार १५६औँ मोती जयन्तीको अवसर पारेर यही भदौ २६ गते शनिबार वितरण गर्ने कार्यक्रम रहेको परिषदका अध्यक्ष अस्तफलले जानकारी दिए।
साहित्य क्षेत्रमा पुर्याएको योगदानको लागि स्वर्गीय राजकृष्ण कँडेलको सम्झनामा श्रीमती मायादेवी कँडेलले उक्त पुरस्कारको स्थापना गरेकी हुन्। पुरस्कारको लागि सुरूमा दुई लाख ५० हजार रूपैयाँको अक्षयकोष स्थापना गरेकी उनले यसवर्ष पनि पुनः दुई लाख ५० हजार रूपैयाँ थप गरेर अक्षयकोषको रकम पाँच लाख रूपैयाँ पुर्याएपछि गतवर्षसम्म १५ हजार ३५ रूपैयाँ पुरस्कार राशि रहेकोमा यसवर्षबाट उक्त राशि वृद्धि भई ३५ हजार ४५ रूपैयाँ पुर्याइएको परिषदका अध्यक्ष अस्तफलले जानकारी दिए।
Facebook Comments


























