चितवन भदौ २३ । आँचल साहित्य कला पुञ्ज मकवानपुरले कुशेऔंसीको अवसरमा आयोजना गरेको विशेष कविता प्रतियोगितामा ३ जना उत्कृष्ट भएका छन्।
बा कुशेऔसी विशेष कविता प्रतियाेगितामा प्रसिद्धिका लम्साल, रोशनी चौलागाईं र सुविन रिमालको कविता उत्कृष्ट भएका हुन्। कुशेऔसी तथा पितृ सम्मान दिवस विशेषको अवसरमा मंगलबार भर्चुअल माध्ययमबाट आयोजना गरिएको कविता प्रतियोगितामा १५ जना सहभागी थिए।
तीमध्येबाट ३ जना उत्कृष्ट चयन गरिएको आँचलले जनाएको छ। प्रतियोगिताको निर्णायकमा कवि सुवास खनाल र शान्तिप्रिय वन्दना थिए। उत्कृष्ट ३ जनालाई जनही १ हजार ५ सय नगदसहित प्रमाणपत्र उपलब्ध गराइने संस्थाकी सचिव भावना सापकोटाले जानकारी दिइन्।
हेटौँडा स्कुल अफ म्यानेजमेन्टको सहयोगमा आयोजित प्रतियोगिता आँचलकी अध्यक्ष अनिता न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा बढ्र्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष आरसी रिजाल, आँचलकी संस्थापक अध्यक्ष मुना अर्याल, पूर्णकला घिमिरे, निरा शर्मा, सविता तिमल्सिनालगायत सहभागी थिए।


























