भदौ २२ । आज निजामती कर्मचारी दिवस विविध कार्यक्रम गरेर मनाइँदैछ।
‘व्यावसायिक र सिर्जनशील प्रशासन? विकास, समृद्धि र सुशासन’भन्ने नाराका साथ निजामती सेवा दिवस मनाइँदै छ। विसं २०१३ भदौ २२ गते पहिलो निजामती सेवा ऐन जारी गरिएका अवसरमा २०६१ सालदेखि यो दिवस मनाउन थालिएको हो।
यसैबिच निजामती सेवा दिवस, २०७८ का अवसरमा आजै ४० कर्मचारीलाई पुरस्कृत गरिने भएको छ। पुरस्कृतमध्ये १० कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको छ भने ३० जनालाई निजामती सेवा पुरस्कारबाट सम्मानित गरिने भएको हो।
Facebook Comments


























