काठमाडौं, भदौ २१ । चिकित्सा शिक्षा अभियन्ता डा.गोविन्द केसीले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त नगरे अनशन बस्ने चेतावनी दिएका छन्। सोमबार एक विज्ञप्ति जारी गर्दै राज्यमन्त्री श्रेष्ठलाई तत्कालन पदमुक्त गर्न माग गरेका छन्।
उनले प्रधानमन्त्री शेरबहादुर देउवा र आफूबीच भएका ५ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै आपत्ति प्रकट गरेका छन्। उनले आफूसँग प्रधानमन्त्रीले स्वास्थ्य राज्यमन्त्रीलाई पदमुक्त गर्ने सहमति गरेको तर हालसम्म कार्यान्वयन नगरेको भन्दै फेरि कुनै पनि बेला सत्याग्रह सुरु गर्ने बताएका छन्।
उनले माफियाको दबाबमा चिकित्सा शिक्षा आयोगको बैठक बोलाउन दबाब दिएकोसमेत बताएका छन्। उनले माफियाहरुले देशभर अर्बौ रुपैयाँ मेडिकल कलेज किनको भन्दै अपरादर्शी किनबेचमा सरकार मौन रहेकोमा पनि आपत्ति जनाएका छन्।
Facebook Comments


























