चितवन, भदौ २१ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७४३ जना कोरोना संक्रमणमुक्त भएकाछन्। उनीहरु देशभरका विभिन्न अस्पतालबाट संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ। निको हुने दर ९४.६ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ।
यस्तै, १ हजार ८९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ६०९ जनाको पीसीआर परीक्षणमा १ हजार ४८८ र ४ हजार ३७० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४०९ जनामा कोरोना पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ।
Facebook Comments


























