काठमाडौं, भदौ २० । जापानमा जारी टोकियो पारालिम्पिक खेलकुदमा सहभागिता जनाएको नेपाली टिम आज आइतबार नेपाल आईपुग्ने भएका छन्।
पारालिम्पिकका लागि जापान गएका ६ सदस्यीय नेपाली टिम आज अपरान्ह नेपाल आईपुग्ने छन्। नेपाली टिम अपरान्ह ३ बजे नेपाल आईपुग्ने तालिका रहेको छ।
टोकियो पारालिम्पिकमा नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले प्रतिस्पर्धा गरेकी थिइन्। पलेशाले के ४४ क्याटगोरी अन्तर्गत महिला ५८ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गरेकी थिइन् ।
तर, पलेशा ऐतिहासिक कास्य पदक जित्न असफल भएकी थिइन्। रिपिचेजको फाइनलमा पलेशा चीनकी युजी लीसँग पराजित भएकी थिइन्।
पारालिम्पिकमा कविराज नेगी लामा प्रशिक्षक, दीपक विष्ट अफिसियल, सरोज श्रेष्ठ सेफ दि मिसन, डा.दीपक श्रेष्ठ फिजियो र विश्वास बस्नेत कोभिड लाइसेन्स अफिसरका रुपमा सहभागी भएका थिए।
Facebook Comments


























