भदौ १८ । ब्राजिलले फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा लगातार सातौं जित निकालेको छ।
शुक्रबार बिहान भएको खेलमा चिलीलाई १-० गोल अन्तरले पराजित गर्दै ब्राजिलले शतप्रतिशत जित निकालेको हो। ब्राजिलको जितमा एभर्टन रिबिरोले निर्णायक गोल गरे। उनले खेलको ६४ औं मिनेटमा गोल गरेका थिए।
यस जितसँगै ब्राजिलले ७ खेलमा ७ जितसहित २१ अंक जोडेको छ। ब्राजिल अंक तालिकाको शीर्ष स्थानमा रहेको छ। चिली ६ अंक जोडेर सातौं स्थानमा रहेको छ।
दक्षिण अमेरिकी छनोट अन्तर्गत नै उरुग्वेले पेरुसँग १-१ गोलको बराबरी खेलेको छ। त्यस्तै कोलम्बियाले बोलिभियासँग १-१ गोलको बराबरी खेल्दा इक्वेडरले पाराग्वेलाई २-० ले हराएको छ। एजेन्सी
Facebook Comments


























