भदौ १८ । घरेलु टिम इंग्ल्यान्डविरुद्धको चौंथो टेस्टको पहिलो इनिङ्समा भारत १ सय ९१ रन जोड्दा अलआउट भएको छ।
द ओभलमा बिहीबार इंग्लिस बलर चम्किदा भारत सस्तैमा समेटिएको हो। भारतका सार्दुल ठाकुरले ५७ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान विराट कोहलीले ५० रनको अर्धशतकीय इनिङ्स खेले।
इंग्ल्यान्डका क्रिस वोक्सले ४ विकेट लिए। ओली रोबिन्सनले ३ विकेट लिए। भारतलाई सस्तैमा समेटर पहिलो इनिङ्स थालेको इंग्ल्यान्डले समेत खराब सुरुवात गरेको छ।
इंग्ल्यान्डले पहिलो दिनको खेल सकिदासम्म ३ विकेट गुमाएर ५३ रन जोडेको छ। कप्तान जोए रुट २१ रनमा आउट भए। डाविड मालन २६ रनमा अविजित छन्। भारतका जस्प्रित बुम्राहले २ विकेट लिए। दुई टिमबीचको पाँच खेलको सिरिज १-१ को स्थितिमा रहेको छ।
Facebook Comments


























