उदयपुर, भदौ १७ । निरन्तर वर्षासँगै परेको चट्याङ्गबाट त्रियुगा नगरपालिका–८ देउरीमा गए राति १५ वर्षीय निशान चौधरीको मृत्यु भएको छ। घरमा नै चट्याङ्ग लागेर गम्भीर घाइते भएका किशोरको उपचारका क्रममा जिल्ला अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए। रासस
Facebook Comments


























