काठमाडौं, भदौ १७ । काठमाडौंको शंखरापुर नगरपालिका–३ ढोक्साङमा गोरु काट्दै गरेको अवस्थामा ५ जना पक्राउ परेका छन्। प्रहरीले शंखरापुर नगरपालिका–३ बोजेनीका ६५ वर्षीय सन्त बहादुर वाईबा लगायत ५ जनालाई बिहान पक्राउ गरेको हो।
२ वटा गोरु काट्दै गरेको अवस्थामा फेला पारी उनीहरुलाई महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले करिब ५ सय किलो गोरुको मासु सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
Facebook Comments


























