भदौ १७ । साताको पाँचौ दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधाबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य बिहीबार दुई सय रुपैयाँले घटेर प्रतितोला ९० हजार ८०० रुपैयाँ कायम भएको हो।
त्यस्तै, बिहीबार तेजाबी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार चाँदी प्रतितोला एक हजार २०५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी प्रतिग्राम एक हजार ३३ रुपैयाँ ५० पैसामा कारोबार भइरेहको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
Facebook Comments


























