भदौ १७ । साविक विजेता नोआमी ओसाका युएस ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेकी छिन्।
तेस्रो वरियताकी ओसाका सर्बियाकी ओल्गा डानिलोभिचबाट वाकओभर पाउँदै तेस्रो चरणमा पुगेकी हुन्। मेडिकलको कारण देखाउँदै सर्बियन खेलाडीले नाम फिर्ता लिएकी थिइन्।
महिलातर्फ नै पूर्व विश्व नम्बर एक सिमोना हालेप तेस्रो चरणमा प्रवेश गरेकी छिन्। रोमानियाकी हालेपले स्लोभाकियाकी क्रिस्टिना कुकोभालाई पराजित गरिन्। हालेपले क्रिस्टिनामाथि लाई ६-३ र ६-१ को सेटमा जित निकालिन्।
Facebook Comments


























