भदौ १६ । बुधबार शेयर बजारमा सामान्य सुधार आएको छ। मंगलबार ६९ अंकको उच्च गिरावट आएको बजारमा बुधबार भने सामान्य वृद्धि भएको छ।
बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक १.१४ अंकले बढेर २९७६.९८ विन्दुमा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक पनि ०.१७ अंकले बढेर ५५०.६९ विन्दुमा पुगेको छ।
बुधबार २२६ कम्पनीका एक करोड ७१ लाख ८२ हजार ८७१ कित्ता शेययर खरिदबिक्री हुँदा ९ अर्ब ३५ करोड १७ लाख ९९ हजार ६५५ रुपैयाँ बराबरको भएको छ।
३ उपसमूहमध्ये ४ उपसमूहको शेयर बढेको छ, भने बाँकी ९ वटा उपसमूहको शेयर घटेको छ। बुधबार रुरु जलविद्युत कम्पनीका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन्।
Facebook Comments


























