भदौ १२ । अभिनेत्री प्रियंका चोपडा अहिले आफ्नो हलिउड फिल्म सिटाडेलको सुटिङमा व्यस्त छिन्। उनले सुटिङका केही तस्वीरहरु पनि सार्वजसिनक गर्दै आइरहेकी छिन्। हालै प्रियंका फिल्मको सुटिङका क्रममा घाइते भएकी छिन्। उनले आफूलाई लागेको चोट देखाउँदै इन्स्टाग्राम स्टोरी शेयर गरेकी छिन्।
प्रियंकालाई फिल्मको द्वन्द्व दृश्य सुटिङ गर्ने क्रममा चोट लागेको हो। यो दृश्यमा पिंपंकासँग रिचार्ड म्याडन र पेड्रो लियान्ड्रो पनि छन्। सिटाडेलमा प्रिपंकाले एक जासुसको भूमिका निभाएकी छिन्। प्रियंका विगत केही समयदेखि लण्डनमा यो फिल्मको सुटिङ गरिरहेकी छिन्। यसअघि उनले टेक्स्ट फर युको सुटिङ पूरा गरेकी थिइन्।
सिटडेल अमेजन प्राइममा रिलिज हुनेछ। यो प्रियंकाको वेब सिरिजमा डेब्यू हो। सिटडेलका अलावा प्रियंकासँग कैयौं हलिउड र बलिउड प्रोजेक्ट छन्। उनी चर्चित हलिउड स्टार कीनु रिभ्सको साथमा मेट्रिक्स ४, मिडी केलिंगको साथमा एक रोमान्टिक कमेडी, वेडिङ थिम्स रियालिटी शो, मां आनन्द शीलाको बायोपिक लगायतमा काम गरिरहेकी छिन्। यसका अलावा फरहान अख्तरको निर्देशनमा बलिउड फिल्म जी ले जराको पनि घोषणा भएको छ जसमा प्रियंका, आलिया भट्ट, कट्रिना कैफ समेत हुनेछन्। एजेन्सी


























