भदौ ११ । घरेलु टिम इंग्ल्यान्डले भारतविरुद्धको तेस्रो टेस्टको पहिलो इनिङ्समा फराकिलो अग्रता बनाएको छ।
लिड्समा जारी टेस्टको दोस्रो दिनको खेल सकिदासम्म इंग्ल्यान्डले ३ सय ४५ रनको अग्रता बनाएको छ। दोस्रो दिनको खेल सकिदा इंग्ल्यान्ड ८ विकेट गुमाएर ४ सय २३ रन बनाएर खेलिरहेको छ।
इंग्ल्यान्डका कप्तान जोए रुटले १ सय २१ रनको शतकीय इनिङ्स खेले। उनको यो २३ औं टेस्ट शतक हो। यस्तै डाविड मालनले ७० रनको अर्धशतकीय इनिङ्स खेल्दा हासिब हामिदले ६८ रन बनाए। रोरी बुर्न्सले ६१ रन जोड्दा जोनी बेयर्स्टोले २९ रन जोडे।
क्रेग ओभर्टन २४ रनमा अविजित रहदा ओली रोबिनसन सुन्य रनमा अविजित छन्। भारतका मोहमद शामीले ३ विकेट लिए। मोहमद सिराज र रविन्द्र जडेजाले २/२ विकेट लिए।
यस अघि पहिलो इनिङ्समा भारत ७८ रन जोड्दा अलआउट भएको थियो। भारतका रोहित शर्माले सर्वाधिक १९ रन बनाए। अन्जिके रहाने १८ रनमा आउट भए। अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।
इंग्ल्यान्डका जेम्स एण्डरसन र क्रेग ओभरटनले ३/३ विकेट लिए। साम कुरान र ओली रोबिन्सनले २/२ विकेट लिए। पाँच खेलको सिरिजमा भारत १-० ले अघि रहेको छ।
वर्षाको कारण पहिलो टेस्ट बराबरीमा सकिएको थियो। दोस्रो टेस्टमा भारतले १ सय ५१ रनको जित निकालेको थियो।


























