भदौ ६ । सुन तोलामा तीन सय रुपैयाँ सस्तिएको छ। गत शुक्रबार चार सय रुपैयाँले महँगिएको सुन आइतबार सस्तिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा ९० हजार नौ सय रुपैयाँमा किनबेच भइरहेको छ। गत शुक्रबार सुन तोलामा ९१ हजार दुई सय रुपैयाँ कायम भएको थियो।
सुनसँगै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेको छ। महासंघका अनुसार चाँदी तोलामा एक हजार एक सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।
Facebook Comments


























