भदौ ६ । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका मिडफिल्डर एन्ड्रियास परेरा ब्राजिलियन क्लब फ्लामेन्गोमा अनुबन्धित भएका छन्। परेरा एक सिजनका लागि लोनमा फ्लामेन्गोमा अनुबन्धित भएका हुन्।
युनाईटेडले शनिबार ब्राजिलियन मिडफिल्डर परेरा फ्लामेन्गोमा अनुबन्धित भएको जनाएको छ। २५ वर्षीय मिडफिल्डरले युनाईटेडका लागि ७५ खेलमा ४ गोल गरेका छन्।
मिडफिल्डर परेराले गत सिजन लोनमा इटालियन क्लब लाजियोबाट खेलेका थिए। उनले लाजियोका लागि २६ सिरी ए खेलमा १ गोल गरेका थिए। ब्राजिलका लागि उनले १ खेल खेलेका छन्।
Facebook Comments


























