भदौ ६ । साविक विजेता इन्टर मिलानले इटालियन सिरी ए फुटबलमा विजयी सुरुवात गरेको छ। शनिबार राति भएको सिजनको पहिलो खेलमा जिनोआलाई ४-० गोल अन्तरले पराजित गर्दै इन्टरले सुखद सुरुवात गरेको हो।
इन्टरको जितमा मिलान स्क्रिनियर,हाकान कलआनोग्लु,अर्टुरो भिडाल र इडीन डेज्कोले एक एक गोल गरे। खेलको छैटौं मिनेटमा मिलानले गोल गर्दै इन्टरलाई सुरुवाती अग्रता दिलाएका थिए।
१४ औं मिनेटमा हाकानले गोल गर्दै इन्टरको अग्रता २-० को बनाए। खेलको ७४ औं मिनेटमा भिडालले गोल गर्दै इन्टरको अग्रता तेब्बर बनाए। त्यसपछि खेलको ८८ औं मिनेटमा इडीनले गोल गर्दै इन्टरलाई ४-० गोलको जित दिलाए।
यस जितसँगै इन्टरले सुखद सुरुवात गरेको छ। र, इन्टरले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ। जिनोआले भने हारबाट सुरुवात गरेको छ।
Facebook Comments


























