भदौ ५ । अफगानिस्तानमा सत्ता कब्जा गरेको विद्रोही समूह तालिवान नयाँ शासकीय ढाँचा निर्माणमा जुटेको छ। केही साताभित्र नयाँ सरकारको ढाँचा सार्वजनिक गरिने तालिवानले जनाएको छ।
इस्लामवादी आन्दोलनका एक प्रवक्ताले शनिवार रोयटर्ससँग भने, ‘तालिवानले आगामी केही हप्तामा अफगानिस्तानको लागि नयाँ शासकीय ढाँचाको अनावरण गर्ने लक्ष्य राखेको छ।’
तालिवानका कानूनी, धार्मिक र विदेश नीति विशेषज्ञहरुले आगामी केही सातामा नयाँ शासकीय ढाँचा प्रस्तुत गर्ने लक्ष्य लिएको प्रवक्ताको भनाइ छ। अमेरिकी सेना फिर्ता भएसँगै अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेको छ। बहालवाला राष्ट्रपति अशरफ घानी देश छोडेर युएईको शरणमा छन्। एजेन्सी
Facebook Comments


























