चितवन, भदौ ५ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जनताको स्वास्थ्य सुरक्षाप्रति सरकार गम्भीर भएको बताएका छन्। स्वास्थ्य राज्यमन्त्री भएपछि चितवन आएका कांग्रेस नेता श्रेष्ठले जनताको स्वास्थ्य सुरक्षाको लागि सरकार खोप व्यवस्थापनमा केन्द्रित भएको बताए। दुई तिहाइको नजिकमा रहेको केपी ओली सरकारले जम्मा ४० लाखमात्रै खोप ल्याएको बताउँदै कांग्रेस नेतृत्वको सरकार आएपछि एक करोडभन्दा बढी खोप ल्याइसकेको दाबी गरे।
‘हामीले असोजसम्ममा कम्तिमा ३३ प्रतिशत जनताले खोप पाउने गरी काम गरिरहेका छौं,’ उनले भने, ‘अझै खोप ल्याउने प्रक्रिया अगाडि बढिरहेको छ।’ हाल विद्यार्थी केन्द्रित काम भइरहेको उनले बताए।
कांग्रेसको महाधिवेशनबारे बोल्दै राज्यमन्त्री श्रेष्ठले पार्टीलाई बलियो बनाउने गरी काम गर्नुपर्ने बताए। ‘कम्तीमा कांग्रेसलाई गरी खान सक्ने गरी बलियो बनाउनुपर्छ,’ उनले भने।


























