भदौ ५ । जर्मन बुन्डेसलिगा फुटबलमा आरबी लाइपजिगले फराकिलो जित निकालेको छ। नयाँ सिजनमा पहिलो जित दर्ता गर्ने क्रममा लाइपजिगले शुक्रबार राति भिएफवी स्टुटगार्टलाई ४-० गोलले पराजित गरेको हो।
लाइपजिगलाई जित दिलाउन डोमिनिक सोबोस्लाईले दुई गोल गरे। यस्तै इमिल फोर्सवर्ग र आन्द्रे सिल्भाले एक एक गोल गरे। जितसँगै लाइपजिगले २ खेलमा ३ अंक जोडेको छ। पहिलो खेलमा लाइपजिग मैन्जसँग पराजित भएको थियो।
Facebook Comments


























