भदौ ३ । नेपाली बजारमा सुनको मुल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार हुने भएको छ।
यस दिन सुन ४०० रुपैयाँले घटेको हो। यस्तै तेजावी सुन प्रतितोल ९० हजार ३ सय रुपैयाँमा कारोबार हुने भएको छ। चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदी ११ सय ८० रुपैयाँमा नै कारोबार हुने महासघंले जनाएको छ।
Facebook Comments

























