भदौ २ । सांगीतिक रियालिटी शो ‘नेपाल आइडल सिजन–४’ को डिजिटल अडिसन सुरु भएको छ। भदौ १ (मंगलबार) बाट डिजिटल अडिसन सुरु भएको निर्माण पक्षले जनाएको छ। भदौ ३१ सम्म अडिसन दिन सकिने छ।
अडिसन दिन मोबाइल फोनको ‘प्ले स्टोर’मा गएर एपिवानको एप्लिकेसन डाउनलोड गर्नुपर्नेछ। अडिसन ओपनमा गएर नेपाल आइडल क्लिक गरेर मागिएको विवरण भर्नुपर्नेछ। र, आफ्नो स्वरमा दुईवटा फरक विधाका गीत रेकर्ड गरेर अपलोड गर्नुपर्ने निर्माण पक्षले जनाएको छ।
डिजिटल अडिसनमा पास भएकाहरुको फिजिकल अडिसन हुनेछ। डिजिटल अडिशनमा देश तथा विदेशमा रहेका नेपालीले सहभागी हुन पाउनेछन्।
‘नेपाल आइडल सिजन–४’मा निर्णायक को हुने निश्चित भइसकेको छैन। यस अघिका तीनवटा सिजनका निर्णायक भने यो सिजनमा नहुने निर्देशक सुरेश पौडेलले बताइसकेका छन्।
Facebook Comments


























