साउन ३२ । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ।
आज छापावाल सुन प्रति तोलामा एक सय रुपैयाँले घटेर ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार छापावाल सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १०० रुपैयाँ कायम भएको छ।
चाँदीको मूल्य पनि आज घटेको छ। आइतबार चाँदी प्रतितोला १ हजार २०५ रुपैयाँमा कारोबार भएकोमा सोमबार ५ रूपैयाँले घटेर १२ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
Facebook Comments


























