साउन ३२ । घरेलु टोली वेस्ट इन्डिजले पहिलो टेस्टमा पाकिस्तानलाई पराजित गरेको छ। किङ्सटनमा भएको पहिलो टेस्टमा वेस्ट इन्डिजले पाकिस्तानलाई १ विकेटले पराजित गरेको हो।
पाकिस्तानबाट प्राप्त १ सय ६८ रनको लक्ष्य वेस्ट इन्डिजले ९ विकेट गुमाएर पूरा गर्यो। दोस्रो इनिङ्समा वेस्ट इन्डिजका लागि जेर्मेईनी ब्लाकउडले ५५ रनको इनिङ्स खेले। केमार रोचले अविजित ३० रन जोड्दा रास्टोन चेजले २२ रन बनाए।
पाकिस्तानका शहिन साह अफ्रिदीले ४ विकेट लिए। हसन अलीले ३ फाहिम आश्रफले २ विकेट लिए। यस अघि दोस्रो इनिङ्समा पाकिस्तानले अलआउट हुँदै २ सय ३ रन बनाएको थियो। पाकिस्तानका बाबर आजमले ५५ रनको इनिङ्स खेल्दा अबिद अलीले ३४ रन बनाए। मोहमद रिजवानले ३० रन जोडे भने हसन अलीले २८ रन बनाए।
वेस्ट इन्डिजका जयडेन सालेसले ५ विकेट लिए। केमार रोचले ३ विकेट लिए। पहिलो इनिङ्समा पाकिस्तानले २ सय १७ रन बनाएको थियो।
यस्तै वेस्ट इन्डिजले २ सय ५३ रन जोडेको थियो। दुई टोलीबीचको दोस्रो टेस्ट शुक्रबार सुरु हुनेछ।


























