साउन २९ । नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ। सरकार परिवर्तन भएको हुनाले मौद्रिक नीति ल्याउन ढिला भएको थियो।
सरकारले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी संसदसमक्ष प्रस्तुत गरिसकेको छ। सरकारले न्युनतम साझा कार्यक्रम सार्वजनिक गरिसकेको हुनाले राष्ट्र बैंकले पनि सोही अनुसार मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको हो। यो पटकको मौद्रिक नीति पुँजी बजारमैत्री हुने लगानीकर्ताहरूले अनुमान गरेका छन्।
Facebook Comments


























