साउन २९ । घरेलु टिम इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो दिन बिहीबार भारतले उत्कृष्ट सुरुवात गरेको छ। लर्ड्समा जारी टेस्टको पहिलो दिन सकिदा भारतले ३ विकेट गुमाएर २ सय ७६ रन बनाएको छ।
भारतका लागि केएल राहुलले शतकीय इनिङ्स खेले। अविजित रहदै क्रिजमा रहेका राहुलले १ सय २७ रन बनाएका छन्। अजिन्का रहाने १ रन बनाएर खेलिरहेका छन्।
यस अघि भारतका रोहित शर्मा ८३ रन बनाएर आउट भए। यस्तै कप्तान विराट कोहली ४२ रनमा आउट हुँदा चेतेश्वर पुजरा ९ रनमा आउट भए। इंग्ल्यान्डका जेम्स एण्डरसनले २ तथा ओली रोबिनसनले १ विकेट लिए। पाँच खेलको टेस्ट सिरिज अन्तर्गत वर्षाले प्रभावित पहिलो टेस्ट बराबरीमा सकिएको थियो।
Facebook Comments


























